माओवादीले संसदीय दलको विधान परिवर्तन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको विधान संशोधनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ। दलको मंगलबार बसेको बैठकले संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक हितराज पाण्डेको संयोजकत्वमा प्रतिनिधिसभाका सांसदहरू पूर्ण घर्ती र विमला सुवेदी तथा राष्ट्रियसभाका सांसदहरू जगप्रसाद शर्मा र गंगा बेलवासे सदस्य रहेको कार्यदल गठन गरेको हो।

 

अहिलेको समग्र परिस्थितिलाई हेरेर पार्टी संसदीय दलको विधान संशोधनका लागि उक्त कार्यदल बनाउने निर्णय गरिएको प्रमुख सचेतक पाण्डेले बताए। कार्यदललाई एक महिनाभित्र पार्टी संसदीय दलको विधान संशोधनका लागि आवश्यक सुझावसहितको प्रतिवेदन दलको बैठकमा पेस गर्ने कार्यादेश पनि दिइएको छ। त्यसैगरी, बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटो संसद्‌मा पारित गराउन माग गर्ने निर्णय पनि गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर