नेपालको आर्थिक अवस्था पाकिस्तानको जस्तो छैन : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारमा तरलता सहज भयो भने आफैं ब्याजदर घटने र तरलता बढे आफैं बढ्ने तर्क गरेका छन् । मुलुकमा नगद प्रवाह कम भएको र आर्थिक मन्दी व्याप्त रहेको भन्ने आम मानिसको जिज्ञासा र भ्रमका बारेमा स्पष्ट पार्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले आर्थिक स्थिति अंकमा सुधार भएको तर समाजले सुधारको अनुभव मात्र गर्न नपाएको दाबी गर्दै उनले भने,  स्थिति हेर्दा सुध्रेको देखिएको गर्वका साथ आफूले अर्थतन्त्र सुधारतिर लागेको छ।

उनले कुनै समय निन्द्रा नलाग्ने अवस्थाबाट अहिलेको अवस्थामा आएको जिकिर गर्दै उनले पाकिस्तानजस्तो अवस्था नभएको र अब सहज अवस्थामा आएको बताए। अहिले सबैलाई बचाएर लैजानुपर्ने अवस्था रहेको उनको भनाइ छ। उनले आर्थिक सूचकका अंकहरु सुधार हुँदै गएको तर समाजले फिल मात्र गर्न नपाएको बताए।

धेरै मानिसहरुले ब्याज धेरै भएको भनेर छटपटिएको आफूले देखेको तर यो मात्र नभएर बजार किन सहज रुपमा सञ्चालन हुन सकेन भन्ने अवस्थातिर नगएको उनको भनाइ छ। राष्ट्र बैंकप्रति भरोसा र आशा राखेकोमा आफूलाई खुशी लागेको भन्दै उनले १३ प्रतिशत ब्याजमा कर्जा नपुगेको अवस्था पनि विगतमा भएको दाबी गरे। उनले आर्थिक गतिविधिमा शिथिलता आएका कारण यस्तो भएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर