‘किसी का भाई किसी की जान’ को ट्रेलर सार्वजनिक

काठमाडौं । भारतीय अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘किसी का भाई किसकी जान’ को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्मको ट्रेलर एक्सन, पारिवारिक ड्रामा र रोमान्सले भरिपूर्ण छ । ट्रेलरमा फेरि एकपटक सलमान एक्सन भूमिकामा देखिएका छन् । साथै पूजा हेगडेसँग उनको रोमान्टिक केमेस्ट्री पनि निकै राम्रो देखिएको छ । समग्रमा यो फिल्म पूर्ण एक्सन लभ स्टोरीमा आधारित भएर बनेको छ ।

फिल्ममा सलमान र पुजाको बाहेक शहनाज गिल, पलक तिवारी, दग्गुबती वेंकटेश, सिद्धार्थ निगम जस्ता धेरै कलाकारहरुको अभिनय रहेको छ। यो फिल्मलाई फरहाद सामजीले निर्देशन गरेका छन् ।

यसअघि रिलिज भएका दुईवटा गीतहरुले राम्रो प्रतिक्रिया पाइसकेको छ । रिलिज डेटको कुरा गर्ने हो भने फिल्म इद २१ अप्रिल २०२३ मा रिलिज हुँदैछ । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर