शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ ।

सोमबार राति भएको खेलमा बार्सिलोनाले जिरुनासँग गोलरहित बराबरी खेलेको हो ।

खेलमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा बार्सिलोनाले एक अंकका चित्त बुझाउनु परेको हो ।

यस बराबरीसँगै बार्सिलोनाले शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ ।

बार्सिलोनाले २८ खेलमा ७२ अंक जोडेको छ । दोस्रो स्थानको रियल मड्रिडको ५९ अंक रहेको छ ।

जिरुना ३५ अंक जोडेर ११ औं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर