यस्तो रहनेछ आज मंगलबारको मौसम पूर्वानुमान

काठमाडौं । देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल देशका पहाडी भूभागहरूमा आँशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ।

राती भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भुभागहरुका एक- दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भूभागको एक – दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर