सहायक रेफ्रीले रोबर्टसनलाई कुहिनाले हिर्काए

काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुलका एन्डी रोबर्टसनलाई खेल दौरान सहायक रेफ्री लाइन्समेनले कुहिनाले हिर्काएका छन् ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति आर्सनलविरुद्धको खेलमा सहायक रेफ्री कन्स्टेन्टाइन ह्याट्जिडाकिसले रोबर्टसनलाई कुहिनाले हिर्काएका थिए ।

पहिलो हाफको खेलपछि रोबर्टसन सहायक रेफ्री कन्स्टेन्टाइनको नजिक पुगेर केहि भनिरहेका थिए । त्यहि बेला सहायक रेफ्री कन्स्टेन्टाइनले कुहिनाले रोबर्टसनको चिउडोमा प्रहार गरेर अघि बढेका थिए ।

आर्सनल र लिभरपुलबीचको त्यस खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।

रोबर्टसनलाई सहायक रेफ्रीले प्रहार गरेपछि रेफ्रीहरुको प्रशासकीय निकाय पीजीएमओएलले घटनाको अनुसन्धान गर्ने भएको छ ।

पीजीएमओएलले एक विज्ञप्ति निकाल्दै घटनाबारे जानकारी भएको र अनुसन्धान गरिने जनाएको छ। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर