आर्सनलसँग लिभरपुलको रोमान्चक बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले लिभरपुलसँग २-२ गोलको बराबरी खेलेको हो ।

आर्सनलले दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुलसँग अंक बाड्नु परेको हो ।

आर्सनलका लागि गाब्रियल मार्टिनेली र गाब्रियल जिससले एक एक गोल गरे ।

लिभरपुलका मोहमद सलाह र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे ।

खेलको आठौं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।

२८ औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए ।

खेलको ४२ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-१ को स्थितिमा ल्याए ।

खेलको ५४ औं मिनेटमा लिभरपुलका सलाह पेनाल्टीमा गोल गर्न चुके । उनको प्रहार बाहिरिएको थियो ।

तर, खेलको ८७ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-२ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै आर्सनलले ३० खेलमा ७३ अंक जोडेको छ ।

आर्सनलले लिगमा ६ अंकको अग्रता बनाएको छ ।

लिभरपुल ४४ अंक जोडेर आठौं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर