सिंहदरबारभित्रको फोहोर नउठाउने निर्णय बाध्यात्मक : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बाध्य भएर सिंहदरबारभित्रको फोहोर नउठाउने निर्णय लिनुपरेको बताएका छन्। बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरबाहीको अहिले सम्मको निष्कर्षको रुपमा फोहोर नउठाउने निर्णय भएको मेयर शाहले उल्लेख गरेका छन्।

 

‘संघीय सरकारका रूपमा रहेको सिंहदरबारले जनजीविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस हुन्न। पटक पटकको कोसिस पछि ९ महिनामा पटक पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरु कार्यान्वयन गर्न मुस्किल परेको अवस्था छ,’ मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन्।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा भेटवार्ता गरेको तस्बिर राख्दै मेयर साहले संघीय सरकारसँग महानगरले विभिन्न समस्या समाधानका लागि समन्वय गर्ने खोजेपनि संघीय सरकारले चासो नदिएको उल्लेख गरेका छन्।

साहले सामाजिक सञ्जालमा लेखेका छन्, केही दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुपर्‍यो। त्यो लहडमा अनायाशै गरिएको निर्णय थिएन, बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारी र लापरबाहीको अहिलेसम्मको निष्कर्ष थियो। जसका कारणले त्यो बाध्यात्मक कदम उठाउनु परेको थियो। उनीहरुलाई यसबारेमा जानकारी हुने भइहाल्यो, तर सर्वसाधारणलाई यो बारेमा थाहा भएन। मिडिया र सर्वसाधारणबाट योसम्बन्धी धेरै प्रश्नहरु उठेका छन्। प्रश्नहरु स्वाभाविक पनि छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर