मिटर ब्याजपीडित र सरकारी टोलीबीच आज पनि वार्ता हुने

काठमाडौं। मिटर ब्याजपीडित र गृह मन्त्रालयका प्रतिनिधिबीचसोमबार पुनः वार्ता हुने भएको छ ।

गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटर ब्याजविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच आइतबार छलफल भए पनि सहमति नभएपछि सोमबार पुनः वार्ता गर्न लागिएको संयोजक अवधेश कुशवाहले बताए ।

कुशवाहका अनुसार मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टि बन्धक, रजिस्ट्रेसन र चेकलगायत मन्त्रिपरिषद् निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे मागमा सरकारी वार्ता टोली समक्ष राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर