विना अनुमति भारतीय सुरक्षाकर्मी नेपाल पस्नु आपत्तिजनक : रघुजी पन्त

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय खालिस्तानी आन्दोलनकारी अमृतपाल सिंह खोज्न भारतीय सुरक्षाकर्मीहरु अनुमति विनै नेपाल आएर खोजिरहेको भन्दै यसले नेपालको सुरक्षा संयन्त्रप्रति अविश्वास पैदा भएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा पन्तले भने, ‘वीरगन्ज र बाँकेको जमुनाहा नाका भएर भारतीय सुरक्षा संयन्त्रका कर्मचारीहरु नेपाल प्रवेश गरेका छन् र उनीहरु अमृतपाल सिंह खोज्न आएका छन् भन्ने समाचारहरु छापिएका छन् ।’ “कुनै पनि बाह्य देशको सुरक्षाकर्मीलाई नेपालको कानुनले नेपालभित्र पसेर त्यसरी खोजबिन गर्ने अधिकार दिएको छैन,” सांसद पन्तको भनाइ थियो ।

उनले भने, ‘अरु देशबाट भागेर आएका अपराधीलाई पनि नेपालको सुरक्षा संयन्त्रले पक्रेको छ। उदाहरणको लागि चाल्र्स शोभराजलाई लिन सकिन्छ तर हाम्रो सुरक्षा संयन्त्रप्रति अविश्वास हुने गरी अहिले भारतीय सुरक्षाकर्मी यहाँ आएर यसरी अमृतपाल सिंहलाई खोजिरहेका छन् भने हाम्रो सुरक्षा संयन्त्रप्रति अविश्वास उठ्यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर