सिंगो रास्वपा क्षमाप्रार्थी छौं : सांसद परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठ अडियो प्रकरणमा पार्टीको तर्फबाट माफी मागेका छन् ।

प्रतिनिधिसभा बैठक सोमबार बसेको बैठकमा परियारले, भने, “यो घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमाहाम्रो प्रतिनिधिसभा सदस्यमार्फत तपाइँहरूको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं । ‘संसद्को गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण्ण रहने छौं । यो घटनाले विचलित हुने छैनौं । राष्ट्रिय पार्टीहररू यस्ता घटनाबाट टाढा रहनुपर्छ ।”

रास्वपा समानुपातिकको तर्फबाट प्रतिनिधिसभा सदस्य भएका श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न आफूले सभापति रवि लामिछाने निकटका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सहयोग गर्न व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो केही दिन सार्वजनिक भएको थियो ।

रास्वपा प्रतिनिधिसभा सदस्य श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न आफूले सभापति रवि लामिछाने निकटका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सहयोग गर्न व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर