राजस्व संकलन घटेकोमा अर्थमन्त्री डा. महत चिन्तित

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नतिजा देख्ने गरी काम गर्न भन्सारका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

भन्सार विभागद्वारा सोमबार राजधानीमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीमा अर्थमन्त्रीले भने, “आयात, निर्यातमा संलग्न व्यवसायीलाई अनावश्यक दुःख दिने भनेको होइन, जायज कुराहरु के हुन् तपाइँहररूलाई नै थाहा छ, तर कार्यान्वयन भइरहेको छैन, म यहाँहरुलाई त्यतातर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।”

आफ्नो नेतृत्वमा अर्थ मन्त्रालय पारदर्शी ढङ्गबाट काम गर्न लागिपरेको उल्लेख गर्दै डा. महतले जिम्मेवार पदाधिकारीलाई गम्भीर भएर काम गर्न निर्देशित गर्दै भने, “जवाफदेही र जिम्मेवार बनाउने परम्पराको हामी सुरुआत गरौँ । धेरै कारणबाट राजस्व घटेको र राजस्व घट्नुमा भन्सारको सम्पूर्ण दोष नरहेको तथा राजस्व चुहावट रोक्न सुरक्षा निकायसँग पनि गम्भीर छलफल गरिएको छ ।

“धेरै भन्सार नाकाबाट राजस्व सङ्कलन घटेको छ । ती नाकाबाट पनि राजस्व चुहावट भएको खबर छ । भैरहवा, वीरगञ्ज, रसुवा नाकामा पनि त्यस्तै अवस्था छ । यसलाई गम्भीर ढंगबाट लिनुहोला”, मन्त्री महतले भने । एक प्रसंगमा अर्थमन्त्रीले साधारण खर्च धान्न नसक्ने गरी आय घट्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर