एमाले महिला संघमा टुका हमाल निर्वाचित

काठमाडौं। अखिल नेपाल महिला संघ (अनेमसंघ) को अध्यक्षमा टुका हमाल सर्वसम्मतपूर्वक निर्वाचित भएकी छन् । आइतबार राति सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनको बन्द सत्रबाट संघको उपाध्यक्षमा मेनुका काफ्ले, मेनका पोखरेल, रूकमणी राना, सुमित्रा विसी, शर्मिला कार्की, र विमला राई पौडेल पनि सर्वसम्मत भएकी छन् ।

त्यसैगरी, संघको महासचिवमा पेम्बा लामा, उपमहासचिवमा शान्ति अधिकारी, सचिवहरूमा वीणा राई, विना साह, शारदा कुमाल, नरदेवी पुन, बिना ज्ञवाली, मीना रखाल, आशा बिक र कोषाध्यक्षमा इन्दिरा फुयाँल निर्वाचित भएको छ संघले जनाएको छ । बाँकी सदस्यहरूको नामावली भने आज सार्वजनिक गरिने बताइएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलनको शनिबारर उद्घाटन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर