बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, लामाद्वय बने मन्त्री

हेटौँडा । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । केन्द्रमा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै प्रदेशमा पनि सत्ता समीकरणमा परिवर्तन आएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिशमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रदेश प्रमुख शर्माले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र तीर्थबहादुर लामालाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयको पद तथा गोपनियताको शपथ गराए । विस्तारित मन्त्रिपरिषद्मा सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीको सहभागिता छैन ।

गत पुस २६ गते मुख्यमन्त्री जम्कट्टेलले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेकोमा गतमाघ ११ गते मन्त्रिपरिषद् विस्तारले पूर्णता पाएको थियो । यस्तै चैत १० गते नेकपा एमालेका चार मन्त्री र गत फागुन १३ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर