कर्णाली प्रदेशमा एमाले सत्ताबाट बाहिरियो

सुर्खेत । कर्णाली प्रदेश सरकारबाट नेकपा एमालेको बहिर्गमन भएको छ । मुख्यमन्त्रीलाई आइतबार एमालेका तीन जना मन्त्रीहरूले राजीनामा बुझाएपछि एमाले सत्ताच्यूत भएको हो ।

 

कर्णाली प्रदेशमा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र वन, वातावरण तथा पर्यटनमन्त्री जितबहादुर शाही थिए ।

 

मुख्यमन्त्रीले अब फेरि विश्वासको मत लिनुपर्ने अवस्था आएको छ भने कांग्रेस सरकारमा सहभागी हुने बाटो खुलेको छ। कांग्रेस र माओवादी मिल्दा सुविधानजनक बहुमत हुने भएकाले एमाले सरकारबाट बाहिरिँदैमा मुख्यमन्त्रीलाई अप्ठ्यारो नपर्ने समीकरण देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर