सन्दीपको मुद्दामा बकपत्र लिन आदेश

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेको मुद्दामा आईतबार अदालतले थप दुई व्यक्तिको बकपत्र लिन आदेश दिएको छ ।

सन्दीपका वकिल मुरारी सापकोटाले वादी पक्षका दुई जना साक्षीको बकपत्र नभएको भन्दै साक्षी बुझ्नका लागि निवेदन दिएपछि जिल्ला न्यायाधीश शंकरराज बरालको एकल इजलासले उक्त आदेश दिएको हो ।

लामिछाने नाबालिका बलात्कार आरोपमा थुनामा परेका थिए । उनलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । लामिछानेको मुद्दा फास्ट ट्रयाकबाट किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिइसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर