पाठ्यपुस्तक र पोशाक किन्न बाध्य गर्नेलाई कारबाही हुन्छ: मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले विद्यालयबाट नै पोशाक र पाठ्यपुस्तक किन्न बाध्य पार्नेलाई कारवाही गर्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमा महानगरपालिकाले सो विषयमा जारी गरेको विज्ञप्ति सेयर गर्दै प्रमुख बालेनले महानगर क्षेत्रका विद्यालयले अभिभावकलाई किताब बेच्ने गरेको र पोसाकसमेत उनीहरूले तोकेकै स्थानबाट किन्न बाध्य गराएको गुनासो आएको बताएका छन्।

‘विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटकपटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ। साथै, सम्पूर्ण विद्यालयहरूलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्नरगराउन हुन अनुरोध छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ।

उनले त्यसो गर्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ बमोजिम दण्डनीय भएको स्मरण पनि गराएका छन्।

नियम उल्लंघन भएको खण्डमा कानुनबमोजिम कारबाही गरिने पनि र त्यसको जवाफदेहिता प्रधानाध्यापक हुनुपर्ने पनि विज्ञप्तिमा जनाइएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर