विमानस्थलमा पर्यटक र नेपाली श्रमिकलाई राम्रो व्यवहार गर्नुस् : उपप्रधानमन्त्री श्रेष्ठ

 

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न निर्देशन दिएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण तथा सरोकारवाला निकायसँगको छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षा संवेदनशीलतासँगै विमानस्थल अत्यन्तै महत्वको ठाउँ भएकाले त्यसलाई कमजोर पार्न नहुने बताए । विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिँदै उनले पर्यटक र श्रमका लागि बिदेसिने नागरिकलाई गरिने व्यवहारमा समेत सुधार ल्याउन सल्लाह दिए ।

उनले भने, “विमानस्थलको सुरक्षा, सेवा र हेल्प डेस्कलाई प्रभावकारी बनाउन र विमानस्थलका सम्पूर्ण गतिविधि डिजिटलाइज गर्न जरुरी छ। विमानस्थलको तत्काल र दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनः संरचना प्रस्ताव तयार पारेर अघि बढ्नुहोस्।”

उहाँले पर्यटकको प्रवेशद्वार विमानस्थल संस्कृति र सभ्यताको द्वार हुनुपर्नेमा जोड दिनुभयो। उनले हरेक दिन नेपालबाट वैदेशिक रोजगारीका लागि बाहिरिने युवाले पठाएको रेमिट्यान्सबाट देशको अर्थतन्त्र धानिरहेको अवस्थामा वैदेशिक श्रमिकलाई हेप्ने, दुःख दिने, यात्रुको लगेज हराउने, फुटाउनेलगायतका विभिन्न झन्झट थोपर्ने काम नगर्न विमानस्थल कर्मचारीलाई विशेष निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर