बन्दुकधारी समूहको आक्रमणबाट ७४ जनाको मृत्यु

काठमाडौं । नाइजेरियाको बेन्यु प्रान्तमा बन्दुकधारी समूहको आक्रमणबाट ७४ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

नाइजेरियाको बेन्यु राज्यमा गत साता भएका दुई छुट्टाछुट्टै घटनामा उनीहरु मारिएका हुन् ।

बेन्यु प्रान्तमा आन्तरिक रुपमा विस्थापित भएकाहरु रहेका शिविरमा प्रवेश गरेका बन्दुकधारीहरुको समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा थुप्रै मारिएको पुष्टी भएको छ ।

यसैबीच, नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले एक विज्ञप्ती जारी गरी घटनाप्रति निन्दा गर्दै सुरक्षा सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

सशस्त्र हिंसाबाट ग्रसित नाइजेरियामा पछिल्लो समय आदिवासीहरुको जमिनलाई लिएर थुप्रै आक्रमण हुन थालेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर