शीर्ष स्थानको बायर्नको साँघुरो जित

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले साँघुरो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले फ्रेईवर्गलाई १-० गोल अन्तरले हराएको हो । बायर्नको जितमा माथिस डी लिग्टले निर्णायक गोल गरे ।

उनले खेलको ५१ औं मिनेटमा गोल गरेका थिए । जितसँगै बायर्नले २७ खेलमा ५८ अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा रहेको छ ।

फ्रेईवर्ग ४७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । अर्को खेलमा बोरुसिया डर्टमण्डले युनियन बर्लिनलाई २-१ ले हराएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर