सिटीको जितमा हालाण्डको दुई गोल

काठमाडौं । अर्लिङ हालाण्डले दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ४-१ गोल अन्तरले हराएको हो । खेलको ४५ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५८ औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दा सिटीको अग्रता दोब्बर बन्यो । खेलको ६८ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-० को अग्रता दिलाए ।

हालाण्डले यस सिजन प्रिमियर लिगमा ३० गोल समेत पूरा गरेका छन् । ७२ औं मिनेटमा सेकोउ माराले गोल गर्दै साउथह्याम्पटनलाई ३-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ७५ औं मिनेटमा जुलियन अल्भारेजले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए ।

जितसँगै सिटीले २९ खेलमा ६७ अंक जोडेको छ । सिटी दोस्रो स्थानमा रहेको छ । साउथह्याम्पटन २३ अंक जोडेर पुछारमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर