चीनद्वारा ताइवानको परिवेशको अध्ययन

बेइजिङ । चीनको सैन्य अभ्यासले शनिबार ताइवानको ‘परिवेश’ को पूर्वाभ्यास गरिरहेको राज्य मिडियाले उल्लेख गरेको छ । टास्क फोर्सले एकै साथ ताइवान टापुको वरिपरि गस्ती र अन्य किसिमको व्यवस्थित अध्ययन गर्दै गरेको जनाइएको छ । अनलाइन प्रकाशित प्रतिवेदनले अभ्यासको क्रममा चीनले प्रयोग गरिरहेको हतियारको विवरण दिइएको थियो ।

सीसीटीभीले ‘लामो दूरीको रकेट आर्टिलरी, नौसेना विनाशक, मिसाइल डुङ्गा, वायुसेना लडाकुहरू, बम वर्षकहरू, ज्यामरहरू र रिफ्युलरहरू’ लगायतका सबै युद्धसामग्रीको तैनाथी गरिएको बताएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर