कोरोना संक्रमण बढेपछि सुदूरपश्चिम प्रदेशमा सावधानी

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढेपछि प्रदेश सरकारले सीमा नाकामा कडा निगरानी राख्न थालेको छ ।

पछिल्लो समय भारतबाट आउने मानिसमा कारोना संक्रमण देखिन थालेपछि स्वास्थ्य निगरानीमा सावधानी अपनाइएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्रसिंह कार्कीले बताए ।

‘ शंकास्पद ‘रोग लागेका व्यक्तिलाई अन्य यात्रुबाट छुट्टै राखेर उहीरुको गन्तव्य स्थानसम्म जान सुझाव पनि दिइरहेका छौं,’ कार्कीले भने, ‘पछिल्लो समय देखिएको संक्रमण कोरोनाको ओमिक्रोनको ‘एक्स बीबी’ भेरियन्ट हुन सक्ने र भारतमा ओमिक्रोनको ‘एक्स बीबी’ भेरियन्ट तीव्र रूपमा फैलिरहेको हुँदा अहिले देखिने संक्रमितमा पनि सो भेरियन्ट सक्रिय हुन सक्छ ।’ ‘अहिलेसम्म संक्रमितपनि त्यति धेरै देखिएका छैनन्, उनले भने, ‘भएकाहरुमा पनि गम्भीर स्वास्थ्य समस्या छैन, संक्रमणदर उच्च भएमा त्यसबारेमा केन्द्रले निर्णय गर्ला ।’

सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन शेरबहादुर कमरका अनुसार ओमिक्रोनको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिने भएपनि स्वास्थ्य जटिलता भने कम रहेको बताए । अहिले सेती प्रादेशिक अस्पतालमा फाटफुट रूपमा कोरोना संक्रमति आउने गरेको जानकारी दिँदै उनले भने, ‘पीसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका बिरामीलाई स्वास्थ्य सुझाव दिएर पठाउने गरेका छौं ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर