नेता मुकुन्द न्यौपानेले नेकपा एस त्यागे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले उक्त पार्टी परित्याग गरेका छन्।

काठमाडौंमा शनिबार एक पत्रकार सम्मेलनको आयोजना ‘भविष्य नभएको पार्टीको नेता हुनुभन्दा सम्मानित नागरिक भएर जीउनु जीवनको लागि महत्त्वपूर्ण कुरा हो’ भन्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। उनले चैत २५ गतेदेखि एसको साधारण सदस्य समेत तथा सम्पूर्ण पार्टी जिम्मेवारी त्यागेको घोषणा गरेको हुन्।

राष्ट्र राष्ट्रियताको पक्षमा वकालत गरी एक्कार्इसौं शताब्दीको समाजवादी वैज्ञानिक कम्युनिस्ट पार्टीको परिकल्पनामा आफूले नेकपा एकीकृत समाजवादी पार्टीको जिम्मेवारी लिएको उनले बताए । नेता न्यौपाने नेकपा एमालेमा प्रवेश गर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर