पत्रकार कल्याणकारी कोष सञ्चालनमा ल्याइने

धादिङ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बागमती प्रदेशभित्रका सबै श्रमजीवी पत्रकारको पत्रकार कल्याणकारी कोष सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।

नेपाल पत्रकार महासङ्घ जिल्ला धादिङको २३ औँ साधारण सभा तथा पुरस्कार अर्पण कार्यक्रममा मुख्यमन्त्री जमकट्टेलले सबै श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षाका लागि पत्रकार कल्याणकारी कोषमा स्थापना गर्न लागेको जानकारी दिए । उनले बागमती प्रदेश सरकारको सहयोगमा हेटौँडामा सञ्चारग्राम स्थापना कार्य यस वर्षबाट नै सुरु हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर