चिनियाँ आयोजनालाई तीव्रता दिने सहमति
काठमाडौँ । नेपाल–चीनबीच पूर्वाधार विकास आयोजना तथा चिनियाँ ठेक्कामा रहेका आयोजना समयमै सम्पन्न गर्ने सहमति भएको छ ।
बेइजिङमा शुक्रबार बसेको कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा उक्त सहमति कायम भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र चीनतर्फको नेतृत्व विदेश मामिलासम्बन्धी उपमन्त्री सुन वेइजोङले भाग लिएका थिए ।
बैठकमा दुवै पक्षले विद्यमान नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहयोगबारे समीक्षा गर्दै द्विपक्षीय उच्चस्तरीय भ्रमणको आदान–प्रदान गर्ने विषयमा थप छलफल भयो । साथै विभिन्न क्षेत्रमा सहयोगलाई थप विस्तार र सुदृढ बनाउने उपाय तथा आर्थिक सहयोगस व्यापार, लगानी र पर्यटन प्रवद्र्धनस जडान निर्माण र कृषि, शिक्षा, संस्कृति र जनसम्बन्ध विस्तारलगायतका क्षेत्रमा सहयोग आदानप्रदान थप सुदृढ गर्ने विषयमा पनि दुई देशीय प्रतिनिधिमण्डलले धारणा साटासाट गरेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार चीनका उपमन्त्री सुनले नेपालले एक चीन नीतिको प्रशंसा गरे । यसैगरी परराष्ट्र सचिव पौड्यालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति अहस्तक्षेपको सम्मान गर्ने चिनियाँ नीतिको पनि प्रशंसा गरेका थिए ।