नापोली इटालियन सिरी ए फुटबलको उपाधि नजिक

काठमाडौं । नापोली इटालियन सिरी ए फुटबलको उपाधि नजिक पुगेको छ ।

शुक्रबार राति लेचेलाई २-१ गोल अन्तरले हराउँदै नापोली उपाधि नजिक पुगेको हो ।

खेलको १८ औं मिनेटमा जियोभानी डी लोरेन्जोले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५२ औं मिनेटमा फेडेरिको डी फ्रान्सिस्कोले गोल गर्दा लेचेले खेल १-१ गोलको बराबरीमा ल्यायो ।

त्यसपछि खेलको ६४ औं मिनेटमा एन्टोनीनो गाल्लोले आत्मघाती गोल गर्दा नापोली २-१ ले विजयी भयो ।

यस जितसँगै नापोलीले लिगमा १९ अंकको अग्रता बनाएको छ ।

नापोली ३३ वर्षपछि उपाधि जित्ने संघारमा रहेको छ ।

अब नापोलीलाई उपाधिका लागि एक जितको आवश्यकता रहेको छ ।

नापोलीले २९ खेलमा ७४ अंक जोडेको छ ।

लेचे २७ अंक जोडेर १६ औं स्थानमा रहेको छ । नापोली इटालियन सिरी ए फुटबलको उपाधि नजिक पुगेको छ ।

शुक्रबार राति लेचेलाई २-१ गोल अन्तरले हराउँदै नापोली उपाधि नजिक पुगेको हो ।

खेलको १८ औं मिनेटमा जियोभानी डी लोरेन्जोले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५२ औं मिनेटमा फेडेरिको डी फ्रान्सिस्कोले गोल गर्दा लेचेले खेल १-१ गोलको बराबरीमा ल्यायो ।

त्यसपछि खेलको ६४ औं मिनेटमा एन्टोनीनो गाल्लोले आत्मघाती गोल गर्दा नापोली २-१ ले विजयी भयो ।

यस जितसँगै नापोलीले लिगमा १९ अंकको अग्रता बनाएको छ ।

नापोली ३३ वर्षपछि उपाधि जित्ने संघारमा रहेको छ ।

अब नापोलीलाई उपाधिका लागि एक जितको आवश्यकता रहेको छ ।

नापोलीले २९ खेलमा ७४ अंक जोडेको छ ।

लेचे २७ अंक जोडेर १६ औं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर