भोजपुरी अभिनेत्री आकांक्षा आत्महत्या प्रकरणमा एक गायक पक्राउ

काठमाडौं । भोजपुरी अभिनेत्री आकांक्षा दुबेको आत्महत्या प्रकरणका आरोपी गायक समर सिंह पक्राउ परेका छन् ।

समर सिंहमाथि आकांक्षालाई आत्महत्या गर्न उक्साएको आरोप लागेको छ । भारतीय प्रहरीले उनीमाथि आत्महत्या दुरुत्साहनको विषयमा सोधपुछ गर्नेछ ।

समर सिंहलाई वाराणसी आयुक्तालयको अपराध शाखाले गाजियाबादबाट पक्राउ गरेको हो । प्रहरीले लामो समयदेखि समर सिंहको खोजी गरिरहेको थियो । अब समर सिंहलाई अदालतमा पेस गरी ट्रान्जिट रिमाण्डमा वाराणसी ल्याउने तयारी भइरहेको छ । यस घटनाका दोस्रो अभियुक्त सञ्जय सिंह अझै पक्राउ परेका छैनन्, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आकांक्षा गत आइतबार उत्तर प्रदेशको सारनाथस्थित एक होटेलको कोठामा मृत फेला परेकी थिइन् । मोडलबाट अभिनयको दुनियाँमा आएकी भोजपुरी नायिकाले आत्महत्या गरेको विषयमा प्रहरीले थप आशंका गरेको छ तर अहिलेसम्म कुनै सुसाइड नोट फेला परेको छैन ।

आकांक्षाले ‘कसम पैदा करने वाले की २, मुझसे शादी करोगी (भोजपुरी) र वीरों के वीर जस्ता धेरै क्षेत्रीय फिल्महरूमा काम गरेकी थिइन । उनले भोजपुरी म्युजिक भिडियो र फिल्ममा पनि काम गरेकी थिइन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर