पान्ड्याको अलराउन्ड प्रदर्शनमा लखनउको दोस्रो जित

काठमाडौं । अलराउन्डर क्रुनाल पाड्याको अलराउन्ड प्रदर्शनमा लखनउ सुपर जायन्ट्सले ईन्डियन प्रिमियर लिग आईपीएल २०२३ मा दोस्रो जित हात पारेको छ ।

शुक्रबार राती एकना स्टेडियम लखनउमा घरेलु टोलीले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको छ । दोस्रो खेलमा हैदराबाद भने लगातार दोस्रो खेलमा पराजित भएको छ।

हैदराबादले दिएको १ सय २२ रनको लक्ष्य लखनउले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

लखनउको जितमा कप्तान केएल राहुलले ३१ बलमा ४ चौकासहित सर्वाधिक ३५ रन बनाउँदा क्रुनाल पान्ड्याले २३ बलमा ३४ रन बनाए ।

ओपनर कायल मेयर्स १३ रनमा आउट हुँदा निकोलस पुरन ११ रनमा अविजित रहे । मार्कस स्टोइनिस १० रनमा अविजित रहे ।

हैदराबादका आदिल राशिदले २ तथा भुवनेश्वर कुमार, फजलहक फारुकी र उमरान मलिकले समान १र१ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो ।

हैदराबादका राहुल त्रिपाठीले ४१ बलम ३५ रन बनाउँदा ओपनर अनोमलप्रित सिंह २६ बलमा ३१ रन बनाउँदै आउट भए ।

अब्दुल सामद १० बलमा २१ रन बनाउँदै अविजित रहँदा वासिन्टन सुन्दर १६ रन बनाए ।

कप्तानका रुपमा आईपीएल डेब्यु गरेका एडेन माक्ररम क्रुनाल पान्ड्याको बलमा बोल्ड हुँदै गोल्डेन डक भएका थिए।

लखनऊको जितमा क्रुनाल पान्ड्याले ३ तथा अमित मिश्राले २ विकेट लिए । यश ठाकुर र रवि विश्नोईले समान १-१ विकेट आफ्नो नाममा गरे ।

तेस्रो खेलमा दोस्रो जित हात पारेको लखनउले १० टोली सहभागी लिगमा ४ अकं सहित शीर्ष स्थानमा रहेको छ ।

लगातार दोस्रो हार व्यहोरेको हैदराबाद अंकबिहिन रुपमा अंक तालिकाको पुछारमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर