नक्कली परीक्षार्थी राखेर एसईई परीक्षा दिएको आरोपमा प्रमुख प्रेमलाल विरुद्ध पक्राउ पुर्जी

रौतहट । नक्कली परीक्षार्थी राखेर एसईई परीक्षा दिएको आरोपमा रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

उनीविरुद्ध रौतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

साहको सट्टामा एसईई दिँदै गरेका नक्कली परीक्षार्थी गरुडा नगरपालिका-६ पोठियाहीका कमल साह बिहीबार पक्राउ परेपछि शुक्रबार जिल्ला अदालतले मेयर साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर