लेबनान र प्यालेस्टाइनको गाजामा हवाइ आक्रमण सुरू

काठमाडौं । इजरायली सेनाले लेबनान र प्यालेस्टाइनको गाजामा हवाइ आक्रमण सुरू गरेको छ ।

लेबनानबाट बिहीबार इजरालयमा क्षेप्यास्त्र प्रहार भएको जवाफी कारबाही स्वरुप इजरायली प्रतिरक्षा फौजले शुक्रबार बिहानै लेबनान र गाजा क्षेत्रमा हवाई आक्रमण थालेको हो ।

इजरायली सेनाले बिहानैदेखि लडाकु विमानबाट उत्तरी लेबनान र गाजामा बमबारी थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

इजरायली प्रतिरक्षा फौजले गाजाको बैत हनाउन र खान युनिसस्थित प्यालेस्टिनी लडाकु समूह हमासका बंकरमा बम हानेको बताइएको छ ।

यस्तै, इजरायली सेनाले उत्तरी गाजाको एउटा हतियार गोदाममा पनि ड्रोन आक्रमण गरेको छ ।

बिहीबार लेबनानभित्रबाट ३४ वटा क्षेप्यास्त्र इजरायलमाथि प्रहार भएको इजरायलले बताएको छ । उक्त आक्रमण प्यालेस्टिनी लडाकु हमास वा इस्लामिक जिहादी समूहले गरेको हुनसक्ने अनुमान गरिएको छ ।

लेबनानी सेनाले लेबनानी लाडकु समूह हलबुल्लाहले इजरायलमा आक्रमण नगरेको बताएको छ ।

इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूले इजरायलमाथिको आक्रमणको मूल्य चुकाउनु पर्ने भन्दै शत्रुहरुलाई ठेगान लगाउन कारबाही थालेको बताए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर