लाम्पार्ड चेल्सीलेको केयरटेकर प्रशिक्षकमा नियुक्त

काठमाडौं । ग्लिस प्रिमियर लिग क्लब चेल्सीले फ्रान्क लाम्पार्डलाई केयरटेकर प्रशिक्षक नियुक्त गरेको छ।

चेल्सीले लाम्पार्डलाई केयरटेकर प्रशिक्षक नियुक्त गरिएको जनाएको छ।

चेल्सीले यस सिजनको अन्तिमसम्मका लागि लाम्पार्डलाई केयरटेकर प्रशिक्षक नियुक्त गरेको हो ।

चेल्सीले आइतबार मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको थियो ।

प्रिमियर लिगमा टोलीले खराब प्रदर्शनलाई कायम राखेपछि चेल्सीले प्रशिक्षक पोटरलाई बर्खास्त गरेको हो । इंग्लिस प्रशिक्षक ७ महिनामै बर्खास्तमा परेका हुन् ।

उनको नेतृत्वमा चेल्सीले ३१ खेलमा ११ हार व्यहोरेको छ । थोमस टुचेललाई बर्खास्त गरेपछि गत सेप्टेम्बरमा चेल्सीले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

चेल्सी यस सिजन प्रिमियर लिगको ११ औं स्थानमा छ । लाम्पार्डले यस अघि चेल्सीको टिम सम्हालिसकेका छन् । लाम्पार्डले २०१९ देखि २१ सम्म चेल्सीको टोली हेरेका थिए ।

चेल्सीले लाम्पार्डलाई बर्खास्त गरेर टुचेललाई टिम हेर्ने जिम्मेवारी दिएको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर