कारोनाको नयाँ भेरियन्ट कम घातक तर बढी संक्रामक

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सवीवी १.१६’ बढी संक्रामक रहेको पाइएको छ। चिकित्सकका अनुसार नयाँ भेरियन्ट तुलनात्मकरुपमा कम घातक र बढी संक्रामक छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले नयाँ भेरियन्टले दीर्घरोगी, रोगसँग लड्न क्षमता कम भएका मानिस, वृद्धावृद्धलाई बढी समस्या गराउन सक्ने जनाएको छ । भारतमा देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सवीवी १.१६ नेपालमा पनि आनुवांशिक अध्ययन गर्दा १० वटा देखिएको बताइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्दे

शक डा. मनिषा रावलले नयाँ देखिएको ओमिक्रोनको भेरियन्ट घातकभन्दा पनि बढी मानिसलाई सार्ने बताउँछन्। “यो डेल्टा भेरियन्टभन्दा कम घातक छ”, उनले भनिन, “नयाँ भेरियन्टले मानिसमा भने चाँडै फैलिन सक्छ।” नयाँ भेरियन्ट संक्रमण हुँदा रुघा लाग्ने, ज्वरो आउने, घाँटी खसखस हुने, जीउ दुख्ने, खाना नरुच्नेजस्ता लक्षण देखिन्छन्।

नेपालमा मंगलबारसम्ममा थप ९८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ९८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा २८ जना कोभिड संक्रमण मुक्त भएका छन्। नेपालमा मंगलबारसम्म ३ सय २२ जना सक्रिय कोभिड संक्रमित रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर