क्यानाडामा हिन्दु मन्दिरको तोडफोड

ओन्टारियो । क्यानाडाको ओन्टारियोस्थित एक हिन्दु मन्दिरमा तोडफोड भएको छ। विसन्डर शहरमा रहेको स्वामीनारायण मन्दिरमा बुधबार राति तोडफोड भएको प्रहरीले जनाएको हो।

प्रहरीले घटनाको सिसिटिभी फुटेज प्राप्त गरेको छ। घटनामा २ आरोपीले मन्दिरको पर्खालमा केही नारा लेखेका थिए। जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र हिन्दुहरूको विषयमा आपत्तिजनक नारा लेखिएको थियो।

 

विन्सडर प्रहरीले दुवै आरोपीको खोजी सुरु गरेको छ। प्रहरीले आफ्नो ट्वीटर अकाउन्टमा सीसीटिभी फुटेज जारी गर्दै आरोपीको विषयमा ‘वान्डेट’ लेखेको छ। क्यानाडामा गत जुलाईदेखि ५ पल्ट यस्तो घटना भइसकेको छ। मन्दिरमा कार्यरत हर्षल पटेलले भनेका छन्, ‘हामी मन्दिरको पर्खालमा लेखिएको नारा देखेर चकित पर्‍यौं। २० वर्षपछि यस्तो घटना यहाँ भएको हो। हामीले तुरुन्त स्थानीय प्रहरीलाई यसको सूचना दिएका थियौं।’

घटनापछि शहरमा हिन्दुवादी संगठनले आपत्ति र विरोध जनाएका छन्। गत २७ मार्चमा क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तको साइमन फ्रेजर विश्वविद्यालयमा महात्मा गान्धीको मूर्ति तोडफोड भएको थियो। २३ मार्चमा ओन्टोरियोको हेमिल्टन शहरको सिटी हलमा पनि महात्मा गान्धीको मूर्ति यसरी नै तोडफोड भएको थियो। (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर