युनाईटेडको जितमा राषफोर्डको गोल

 

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ ।

बुधबार राति भएको खेलमा युनाईटेडले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले हराएको हो ।

युनाईटेडको जितमा मार्कुस राषफोर्डले निर्णायक गोल गरे ।

राषफोर्डले खेलको २७ औं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै युनाईटेड अंक तालिकाको चौंथो स्थानमा उक्लिएको छ ।

युनाईटेडले २८ खेलमा ५३ अंक जोडेको छ ।

ब्रेन्टफोर्ड ४३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा न्युकासल युनाईटेडले जित निकालेको छ ।

न्युकासलले वेस्ट ह्याम युनाईटेडलाई ५-१ गोल अन्तरले हराएको हो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर