बार्सिलोनालाई हराउँदै रियल फाइनलमा

काठमाडौं । रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनालाई ४-० ले हराउँदै रियल उपाधि नजिक पुगेको हो ।
करिम बेन्जिमाले ह्याट्रिक गरेपछि रियलले बार्सिलोनाविरुद्ध समग्रमा ४-१ को जित निकालेको हो । पहिलो लेगमा बार्सिलोना १-० ले विजयी भएको थियो ।
अब रियलले उपाधिका लागि ओसासुनासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल मे ६ मा हुनेछ ।
पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५० औं मिनेटमा बेन्जिमाले गोल गर्दा रियल २-० ले अघि रह्यो ।
खेलको ५८ औं मिनेटमा बेन्जिमाले पेनाल्टी मार्फत दोस्रो गोल गर्दै रियलको अग्रता तेब्बर बनाए ।
त्यसपछि खेलको ८० औं मिनेटमा बेन्जिमाले ह्याट्रिक पूरा गर्दा रियल ४-० ले विजयी भयो। एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर