मस्जिदमा इजरायली प्रहरीले छापा

काठमाडौं । इजरायली प्रहरीले गत मंगलबार रातिदेखि बुधबार बिहानसम्म जेरुसेलमको एउटा प्यालेस्टिनी मस्जिदमा छापा मारेपछि भड्किएको प्रदर्शनका कारण जेरुसेलम तनावग्रस्त बनेको छ ।

जेरुसेलमको अल आक्सा मस्जिदमा इजरायली प्रहरीले मंगलबार राति प्रवेश गरेर धावा बोलेको थियो । प्यालेस्टिनी लडाकु समूहका मोस्ट वान्टेड सूचीमा रहेकाहरुको खोजीका लागि इजरायली प्रहरीले मस्जिदमा छापा मारेको हो ।

रमादानको अवसरमा मस्जिदमा ठूलो संख्यामा मानिसहरु रहेको र त्यही भीडमा खोजीको सूचीमा रहेका लडाकुहरु पनि रहेको आशंकामा ईजरायली प्रहरीले छापा मारेको थियो । इजरायली प्रहरीले ग्रिनेड प्रहार गर्ने तथा बन्दुक पड्काउँदै मस्जिदमा प्रवेश गरेको आरोप मुश्लिम संघ संस्थाहरुले लगाएका छन् ।

प्रहरीले मस्जिदमा रहेका सबैलाई बाहिर निकालेको थियो । घटनाको विरोध गर्दै जेरुसेलममा प्यालेस्टिनीहरुको प्रदर्शन पनि भड्किएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर