नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं । सत्ता गठबन्धनले आज बिहीबार साँझ ५ बजे सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।

गठबन्धनमा सहभागी १० दलहरुले सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्न लागेका हुन् ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा ९एकीकृत समाजवादी० का विजय पौडेल सम्मिलित कार्यदलले सो नीति तथा कार्यक्रम बनाएको हो ।

बिहीबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने र शुक्रबारसम्म पूर्ण मन्त्रिपरिषद्को बिस्तार गरी देश विकासका कामहरु तिब्र गतिमा अघि बढाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर