तातो पानीले नुहाउँदा डिप्रेसन कम

काठमाडौैं । तातो पानीले नुहाउँदा डिप्रेसन कम हुने अध्ययनले देखाएको छ ।
अमेरिकी वैज्ञानिकले डिप्रेसन हटाउनका लागि तातो पानीले नुहाउने सुझाव दिएका छन् । अमेरिकाको विस्कन्सिन विश्वविद्यालयले गरेको अनुसन्धान अनुसार डिप्रेसनका बिरामीले तातो पानीको नुहाएमा मुडमा सुधार आउनुका साथै
डिप्रेसनको जोखिमलाई पनि कम गर्छ । सन् १९९५ मा जीवविज्ञान साइक्याट्री जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार उच्च तापक्रमले डिप्रेसनसँग सामना गर्न मद्दत गर्छ ।
यस धारणाका साथ अमेरिकी वैज्ञानिकले डिप्रेसनबाट पीडित बिरामीको शरीरलाई हट कोइलको सहायताले ३८.३ डिग्री सेन्टिग्रेडसम्म तताएका थिए । र, एक घण्टापछि शरीरलाई चिसो पारिएको थियो । अनुसन्धानको क्रममा उच्च तापक्रमले ६० प्रतिशत बिरामीहरूमा असर गरेको देखाएको छ । यसमा पनि ४० प्रतिशत बिरामीमा पहिलो पटक नै प्रभाव देखाएको थियो ।
धेरैजसो डिप्रेसनका बिरामीमा सुस्ती, थकान र अनिद्राजस्ता लक्षण देखिने पाइन्छ । सामान्यतया डिप्रेसन पत्ता लगाउनका लागि काउन्सेलिङ गर्ने र उपचारका लागि एन्टिडिप्रेसेन्ट औषधिहरू दिइने गरिन्छ । ३० प्रतिशत डिप्रेसनको अवस्थामा, औषधिले पनि काम गर्दैन । र, लामो समयसम्म एन्टिडिप्रेसेन्टको सेवनले साइड इफेक्टको जोखिम पनि बढाउन सक्छ ।
किङ्ग्स कलेज लन्डनका मनोचिकित्सक कामिन पेरिएन्टेका अनुसार डिप्रेसनको समस्या भएका केही बिरामीमा एन्टिडिप्रेसेन्टले काम गर्दैन । यस्तो अवस्थामा प्राकृतिक तरिकाले डिप्रेसनको उपचार गर्न उत्तम हुन्छ । तापको माध्यमबाट पनि डिप्रेसन कम गर्न सकिने हुँदा तातो पानीबाट नुहाउन सुझाव दिइएको हो । तापको प्रभावले डिप्रेसन दिन प्रतिदिन घट्ने देखिन्छ । (भास्कर डक कम)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर