वीरगञ्जबाट ११ जना बिचौलिया पक्राउ

नारायणी यातायात कार्यालय कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिट्टै गरिदिने प्रलोभनमा पारी रकम अशुली गर्ने , एघारजना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

, कार्यालय परिसरभित्र फाइल च्यापी भित्र-बाहिर गर्ने उनीहरूलाई वीरगञ्जबाट पर्सा प्रहरीले पक्राउ गरेको हो ।

सेवाग्राहीबाट लाग्ने भन्दा अधिक शुल्क लिने गुनासो बारम्बार आएपटि प्रहरीले आफ्नो निगरानी बढाएर उनीहरुलाई नियन्त्रणमा लिएको थियो । यसरी दुख दिने ११ बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानका सातजना, पर्साको कालिकामाइ गाउँपालिकाका एक जना र बाराको पर्सौनी गाउँपालिका वडा नम्बर-३ नौतन बस्ने एक, वडा नम्बर-६ एक जना, परवानीपुर गाउँपालिका५ नौतन टोलका एक जना गरी एघार जना रहेको बुढाथोकीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर