रवि लामिछाने नियतिको नभई दुरभिसन्धिको शिकारका पात्र
काठमाडौं । (उज्ज्वल झा ) राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध फेरि अर्को आइलागेको छ । सभापति लामिछानेलाई उनले धारण गरेको अमेरिकी राहदानीको दुरुपयोग गरेको सम्बन्धमा सोमबार सर्वोच्च अदालतमा एक अर्को रिट दर्ता भएको छ ।
कानुन सर्वोपरी हुन्छ भन्ने अवधारणा अंगाल्ने मुलुकहरूमा मुद्दामामिलाको सवाल गौण हुन्छ । किनभने कानुनको सामान्य सिद्धान्तमा भन्ने हो भने अपराधकर्म गर्नेमाथि सजाय अवश्यंमभावी हुन्छ, हुनु पनि पर्दछ । यो कानुनी राज्यको सुन्दर पक्ष पनि हो । यसमा कसैको विमतिपनि रहन्न । तर यहाँ विचारणीय पक्ष यो पनि हुनु आउँछ कि बारम्बार रवि लामिछाने कै विरुद्ध मात्र अंकुश लगाउने नियतले किन काुननको सहारा लिने काम भइराखेको छ । प्रश्न बडो गम्भीर छ ।
कानुनी क्षेत्रमा एउटा कहावत प्रचलित छ, त्यो हो कानुनको नौ सिङ हुन्छ अरे । यो कहावतको व्याख्या र परिव्याख्या गर्न मिल्दैन पनि र गर्न पनि हुँदैन । आफू अनुकूल वा प्रतिकूल प्रचलित कानुनको परिभाषा वा परिव्याख्या भयो भने समाजमा अराजकताले स्थान पाउने डर हुन्छ । त्यसकारण कानुनको सुुस्पष्ट व्याख्या गर्ने निकाय अदालत नै हो र उसको कानुनसम्बन्धी अन्तिम व्याख्या वा परिभाषा नै सर्वमान्य हुन्छ ।
रवि लामिछानेविरुद्धको यसअघिको मुद्दा र अहिलेको पुनः मुद्दाको नियतलाई केलाउने हो यो केवल राजनीतिक पूर्वाग्रही र दुरभिसन्धि (खराब मन्त्रणाद्वारा गरिने सन्धि) सँग गाँसिएको छ । विगतमा रविले के अपराध कर्म ग¥यो के गरेन त्यो समग्रमा छानविन र अनुसन्धानको विषय हो । रवि कमनर म्यान भएपछि उनी जनतासमक्ष खरो उत्रनु पर्दछ । मेरो विचारमा रविले आफ्नो बलबुताले भ्याएसम्म आफ्नो जनजीवनका विविध पक्षलाई लुकाएकाे पनि छैन र लुकाउनु पनि हुँदैन । किनभने राज नेताको पहिलो धर्म नै जनताप्रति वफादार रहनु हो । यो नै राज नेताको कसी पनि हो ।
रविले अल्प समयमा नेपाल र नेपालीका लागि गरेको सामान्यदेखि असामान्य असल कामको आधारमा नै राष्ट्रिय स्वतन्त्र पार्टीलाई अकल्पनीय र अभूतपूर्व समर्थन र सहयोग मिलेको हो । रवि हिजो एक सञ्चारकर्मीको भूमिकामा रहँदा उनको योगदानलाई सकारात्मक आँकलन गर्न हिच्कचाउने लोभीपापी समूह पछिल्लो संसदीय निर्वाचनको परिणाम सार्वजनिक हुँदै गर्दासम्म पनि हाहाहुहु भन्ने झ्यालखाने सर्टिफिकेट कम्पनीहरू पछि लम्पसार परेको यथार्थ सत्य लुकेको छैन । तिनले सपनामा पनि देखेका थिएनन् कि रवि यत्तिको सुविख्यात व्यक्तित्वको हकदार बन्नेछन् भनेर । आखिरमा परम्परावादी, पुरातनवादीलाई चकित र परास्त गर्दै रास्वपा जनताको उदीयमान दलको रूपमा नेपाली समाजमा स्थापित हुन पुग्यो । परम्परा र पुरातनवादी नेताले अंगीकार गरेको परिवारवाद र संकीर्णवादलाई तिलाञ्जली दिएर रविले सुरुवात गरेको पार्टीभित्रको लोकतान्त्रिक पद्धति र आचरणलाई सबैले अधिक रुचाइएको विषय हो ।
हाम्रो मुलुक नेपालमा एउटा के लोकोक्ति प्रचलित छ भने सतीले सरोपेको देशमा जसले राम्रो गर्न खोज्छ, त्यसको भलो कहिले पनि नहोस् । संभवतः रविमाथि पनि त्यसैको दुष्प्रभाव परेको हुन सक्छ । यो सतीले सरापेको लोकोक्तिको सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की प्रकरणमा न्यायाधीश चोलेन्द्रशम्शेर जबराले सहारा वा प्रसंग राम्रैसँग उल्लेख गरेका थिए ।
वास्तवमा नेपालमा अहिलेसम्म राजनीतिक होस् वा अन्य क्षेत्रको गतिविधिको सांगोपांगो विश्लेषण गर्ने भलो मानुसको हित भएको दुन्दुभी कहीँकतै सुन्न पाएको छैन । शायद, सुनिने पनि छैन । रवि अहिले नियतिको शिकार होइन कि दुरभिसन्धिको चपेटा परेको हो भन्नुपर्दा अतिशयोक्ति नहोला । रविको अहिले नवीन ध्येय भनेको आफ्नो चुनावी अभियानको चुस्तदुरुस्त व्यवस्थापन हो । द्वितीय नास्ति । परम्परागत र पुरातन सोच र यथास्थितिवादीलाई परास्त गर्नु नै रविको अग्रगामी कदम ठहर्ने छ ।