रवि लामिछानेविरुद्ध अर्को अंकुश ; सर्वोच्चमा फेरि मुद्दा दायर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

महान्यायाधिवक्ताले चैत ६ गते सभापति लामिछानेको राहदानी दुरुपयोग विवादका क्रममा मुद्दा नचलाउने निर्णय गरेको थियो ।

‘युवराज सफलले आइतबार पेस गरेको रिट आज सच्याएर ल्याउनुभएको छ, सर्वोच्चका प्रवक्ता विमल पौडेलले भने,‘आज दर्ता भएको रिटमा भोलि पहिलो सुनुवाइ हुन्छ।’

त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटनले लामिछानेविरूद्ध मुद्दा चलाउन आवश्यक नभएको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा बुझाएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने दिन नै महान्यायाधिवक्ता पोखरेलले लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गरेका थिए।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता र राहदानी विवाद न्यायिक प्रक्रियाबाट टुंगो लागिसकेको बताएका छन्।

लामिछानेविरूद्ध युवराज सफलले सर्वोच्चमा दायर गरेको रिट निवेदनबारे पत्रकारले सोधेको प्रश्नमा आफूले सन् २०१८ मा नै अमेरिकी नागरिकता त्यागिसकेको र त्यस सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठमा पनि उल्लेख रहेको बताउँदै समस्या नआउने बताए।

‘सिध्याउने नै नियत राखेर भएभरका शक्ति लागे भने बेग्लै कुरा भयो,’ उनले भने। लामिछानेले आफ्नै पार्टीको विचार, नीति र सिद्धान्तको बलमा चुनाव लड्ने र कसैसँग गठबन्धन नगर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर