चितवन २ मा रवि लामिछानेले उम्मेदवारी दर्ता

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रवि लामिछानेले उम्मेदवारी दर्ता गराउएका छन् ।

बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा लागि लामिछानेले सोमबार चितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

यस अघि सोही क्षेत्रबाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सांसद पद गएपछि त्यहाँ २०८० बैशाख १० गते उपनिर्पाचन हुन लागेको हो ।

लामिछानेले सोमबार दिउँसो १ बजेका लागि उम्मेदवारी दर्ताको समय लिएको भएपनि तनहुँ–१ मा पार्टीका तर्फबाट उम्मेदवार दिने डा।स्पर्णीम वाग्लेको उम्मेदवारी दर्तामा सहभागी हुन जाने भएकाले लामिछानेले बिहानै उम्मेदवारी दर्ता गरेको रास्वपाका एक नेताले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर