फिनल्याण्डको आम-निर्वाचनमा दक्षिणपन्थी पार्टीकाे बहुमत

काठमाडौं । फिनल्याण्डमा सम्पन्न भएको आम निर्वाचनबाट दक्षिणपन्थी पार्टीहरुलाई बहुमत प्राप्त भएको छ ।
कुनै पनि एकल पार्टीले बहुमत प्राप्त गर्न असफल भए पनि दक्षिणपन्थी र मध्य दक्षिणपन्थीहरुको सरकार बन्ने निश्चित भएको हो । मध्य दक्षिणपन्थी पार्टी नेशनल कोअलिसन पार्टीले सबै भन्दा बढी २० दशमलव ८ प्रतिशत मत प्राप्त गरेको छ ।
अति दक्षिणपन्थी द फिन्सले २० प्रतिशत मत प्राप्त गरेको छ । प्रधानमन्त्री सान्ता मरिनको सोसल डेमोक्रेट्स पार्टीले १९ दशमलव ९ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा झरेको छ ।
२ सय सिटका लागि भएको निर्वाचनमा कुनै पनि दल बहुमत प्राप्त गर्न भने असफल भएका छन् । नेशनल कोअलिसन पार्टीका नेता पिटिरो ओर्पोले आफ्नो दललाई सबै भन्दा ठूलो जनादेश प्राप्त भएको भन्दै आफ्नै नेतृत्वमा सरकार बनाउन संवाद थाल्ने बताएका छन् ।
युरोपेली देशहरुमा नै कान्छो उमेरकी ३७ वर्षीय प्रधानमन्त्री मरिनले पराजय स्वीकार गरेकाछन् । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर