कांग्रेसका नेता राहुल गान्धी अदालत जाँदै

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी सोमबार अदालत जाँदैछन्।
चार वर्ष पुरानो मानहानीको मुद्दामा सुरत कोर्टले गरेको दुई वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसलाविरुद्ध राहुल अदालत जान लागेका हुन्।
उनले सुरतको सेशन कोर्टमा पुनरावेदन निवेदन दिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सुरत कोर्टले गत मार्च २३ मा राहुललाई चार वर्ष पुरानो मानहानीको मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
उनमाथि ‘सबै चोरको थर मोदी किन हुन्छरु’ भन्ने अभिव्यक्ति दिएको आरोप छ।
राहुलले फैसलाको ११ दिनपछि पुनरावेदन दिन लागेका हुन्।
अदालतको फैसलाको भोलिपल्ट २४ मार्चमा उनको सांसद पदसमेत खारेज गरिएको थियो। सांसद पद खारेज भएसँगै लोकसभाको हाउजिङ कमिटीले राहुललाई सरकारी निवास खाली गर्न नोटिस जारी गरेको थियो।
उनलाई फैसलाविरुद्ध अपील गर्न ३० दिनको समय दिइएको थियो। एजेन्सी
प्रतिक्रिया