एलपी ग्याँस बोकेको टयाङकर पल्टिँदा एकको मृत्यु

काठमाडौं । चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको एलपी ग्यास बोकेको भारतीय ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ।

ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिदा सो टयाङकरमा सवार एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकको नाम पहिचान हुन सकेको छैन । सो दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन भने घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर