लखनउ र चेन्नाई खेल्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएल २०२३ मा आज सोमबार एक खेल हुदैछ ।

आजको खेलमा चेन्नाई सुपर किंग्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा चेन्नाईको घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियम चेन्नाईमा सुरु हुनेछ।

यस सिजनको दोस्रो खेल खेल्न लागेका दुवै टोलीका लागि यो खेल महत्वपुर्ण रहेको छ । सानदार सुरुआत गरेको लखनउ दोस्रो जितको खोजीमा रहेको छ ।

पहिलो खेलमा आफ्नै घरेलु मैदानमा दिल्ली क्यापिटल्स माथी ५० रनको सानदार जित निकालेको लखनउ आजको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ ।

पहिलो खेलमा जित हात पारेको लखनउ २ अंकका साथ १० टोली सहभागी लिगको दोस्रो स्थानमा रहेको छ ।

उता चेन्नाईले भने पहिलो खेल नै हारबाट सुरुआत गरेको थियो । उद्घाटन खेलमा गुजरात टाईटन्ससँग ५ विकेटले पराजित भएको थियो । घरेलु मैदानमा चेन्नाई पहिलो जितको खोजीमा रहने छ ।

पहिलो खेलमा हार सहित चेन्नाई अंकबिहिन रुपमा सातौं स्थानमा रहेको छ ।

नेदरल्यान्ड्ससँगको अन्तिम एकदिवसीय अन्तराष्ट्रिय खेलसँगै लखनउका क्विटन डि कक आईतबार राती नै चेन्नाईको लागि उडेका छन् । तर, आजको खेलमा भने उनको उपलब्धता हुने सम्भावना छैन ।

दिल्लिविरुद्धको पहिलो खेलमा ओपन गरेका कायल मेयर्सले नै लखनउ ईनिङको सुरुआत गर्ने छन् ।

चेन्नाईमा पनि दक्षिण अफ्रिकाका सिसन्डा मंगला तथा श्रीलंकाका महेश थिक्सना र मथिसा पथिराना उपलब्ध रहने छैनन् ।

चेन्नाईको पिचलाई स्पिन मैत्री मानिन्छ । भर्खरै यहाँ भएको भारत र अष्ट्रेलियाबीचको एकदिवसीय खेलमा १८ मध्ये ११ विकेट स्पिनरले लिएका थिए ।

एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर