नापोलीलाई मिलानले हरायो

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले शीर्ष स्थानको नापोलीलाई हराएको छ ।

आइतबार राति भएको खेलमा मिलानले नापोलीलाई ४-० गोल अन्तरले हराएको हो ।

मिलानलाई जित दिलाउन राफायल लियोले दुई गोल गरे । उनले खेलको १७ र ५९ औं मिनेटमा गोल गरे ।

यस्तै ब्राहिम डियाजले २५ औं र एलेक्सिस सिलेमाकर्सले ६७ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै मिलानले २८ खेलमा ५१ अंक जोडेको छ ।

मिलान तेस्रो स्थानमा उक्लिएको छ ।

नापोली ७१ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर