मुम्बईलाई हराउदै बेंग्लोरको सुखद सुरुआत

काठमाडौं । कप्तान फाफ डु प्लेसिस र विराट कोहलीको उत्कृष्ट ब्याटिङको सहयोगमा रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२३ मा विजयी सुरुआत गरेको छ ।

 

बेंग्लोर घरेलु मैदान एम चिन्नास्वामी अन्तराष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोलीले मुम्बई इन्डियन्सलाई ८ विकेटले हराउँदै सानदार विजयी सुरुआत गरेको हो ।

 

आईतबार राती भएको खेलमा मुम्बईले दिएको १ सय ७२ रनको लक्ष्य बेंग्लोरले १६ ओभर २ बलमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

 

बेंग्लोरका लागि कप्तान फफ डु प्लेसिस तथा पूर्व कप्तान विराट कोहलीले अर्धशतक बनाए ।

 

कोहली ४९ बलमा ६ चौका र ५ छक्कासहित ८२ रनमा अविजित रहँदा फाफ ४३ बलमा ५ चौका र ६ छक्कासहित ७३ रनमा आउट भए ।

 

पहिलो विकेटका लागि कोहली र डु प्लेसिसले १ सय ४८ रनको शतकीय साझेदारी गरेका थिए ।

 

ग्लेन म्याक्सवेल ३ बलमा २ छक्कासहित १२ रनमा अविजित रहे । मुम्बईका क्यामरन ग्रीन र अर्शद खानले समान १र१ विकेट लिए ।

 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर