चेल्सीका मुख्य प्रशिक्षक बर्खास्त

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ ।
चेल्सीले आइतबार मुख्य प्रशिक्षक पोटरलाई बर्खास्त गरिएको जनाएको छ ।
प्रिमियर लिगमा टोलीले खराब प्रदर्शनलाई कायम राखेपछि चेल्सीले प्रशिक्षक पोटरलाई बर्खास्त गरेको हो ।
इंग्लिस प्रशिक्षक ७ महिनामै बर्खास्तमा परेका हुन् । उनको नेतृत्वमा चेल्सीले ३१ खेलमा ११ हार व्यहोरेको छ ।
थोमस टुचेललाई बर्खास्त गरेपछि गत सेप्टेम्बरमा चेल्सीले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
चेल्सी यस सिजन प्रिमियर लिगको ११ औं स्थानमा छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर